प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने सरकारकाे तयारी, यस्ताे छ कार्यसूची ?
shilapatra.com · Thu Jun 18 01:24:00 GMT 2026

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिन कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विनियोजन विधेयक २०८३ लाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयकलाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
Read full story at source (shilapatra.com)