विश्वभर मानवीय पीडा बढ्यो : गुटेर्रेस
gorkhapatraonline.com · Thu Sep 10 00:44:05 GMT 2026

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्कमा बुधबार सुरु भएको छ । महासभाका नवनियुक्त अध्यक्ष बङ्गलादेशका विदेशमन्त्री खलिदुर रहमानले महासभाको उद्घाटन गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ८१ औँ महासभाको मुख्य विषय ‘विश्वास पुनस्र्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ’ तय गरिएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष रहमानले विश्वको छाता संस्था स्थापनाको नवौँ दशकमा प्रवेश गर्दैगर्दा यसले हालसम्म प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वव्यापी विकासका उपलब्धि कमजोर र अस्थिर हुँदै गएका छन् भने जलवायु परिवर्तनका असर तीव्र हुँदै गइरहेका छन् ।” जसलाई संवाद, नवीन सहकार्य र ठोस नतिजामार्फत एकजुट रहेर समाधान गर्नुपर्नेमा उहाँको जोड छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अहिलेको उथलपुथलपूर्ण समयमा विश्वव्यापी समस्या समाधान गर्ने प्रणालीले पहिलेभन्दा अझ बढी महìव राख्ने प्रस्ट्याउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)