इरान संकटले प्रभावित युएईका एयरलाइन्सद्वारा यात्रा बीमा तथा सुरक्षा योजना सार्वजनिक
aarthiknews.com

दुबई। मध्यपूर्वमा जारी भू–राजनीतिक तनाव र इरानसँग सम्बन्धित द्वन्द्वका कारण प्रभावित बनेको हवाई यात्रालाई पुनः चलायमान बनाउन संयुक्त अरब इमिरेट्स (युएई) का प्रमुख एयरलाइन्सहरूले विस्तारित यात्रा बीमा तथा स्वास्थ्य सुरक्षा योजना सार्वजनिक गरेका छन्।
युएईको राष्ट्रिय वाहक एमिरेट्स एयरलाइन्स ले बुधबार नयाँ यात्रा बीमा प्याकेज घोषणा गर्दै यात्रुलाई थप सुरक्षा र विश्वसनीयता प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। नयाँ योजनाअन्तर्गत द्वन्द्व वा आकस्मिक परिस्थितिमा विस्तारित चिकित्सा उपचार खर्च, यात्रा रद्द वा स्थगन, उडान ढिलाइ, सामान हराउने तथा आपतकालीन उद्धार सेवा जस्ता सुविधा समावेश गरिएको छ।
Read full story at source (aarthiknews.com)