जलेको एक वर्षपछि पुनः खुल्यो ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’, जितु र प्रियनाले गरे उद्घाटन
kalakarmi.com · Thu Sep 10 00:50:34 GMT 2026

काठमाडौं- जनकपुरका चर्चित हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुरको महाराजगञ्जस्थित ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ जलेको एक वर्षपछि पुनः सञ्चालनमा आएको छ ।
गत वर्ष २०८२ भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा काठमाडौंको कलंकी र महाराजगञ्जस्थित भाटभटेनीमा भएको आगलागीमा लक्ष्मीका दुई वटा ब्युटी स्टुडियो जलेर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । त्यसमध्ये कलंकीस्थित स्टुडियो केही समयपछि नै पुनः सञ्चालनमा ल्याइएको थियो भने महाराजगञ्ज भाटभटेनीस्थित स्टुडियो भने एक वर्ष लगाएर पुनर्निर्माण गरिएको हो ।
Read full story at source (kalakarmi.com)