जग्गा लालपुर्जा पाउँदा तीर्थप्रसादले खुसीका आँसु थाम्नै सकेनन्
kendrabindu.com · Thu Sep 10 01:03:48 GMT 2026

हेटौंडा । ६४ वर्षको उमेरमा हातमा जग्गाधनी पुर्जा पाउँदा तीर्थप्रसाद अधिकारीले खुसीका आँसु झारे । ‘आफ्नो नाममा पनि जग्गा हुन्छ र !’ भन्ने उनलाई लागेको थियो । जग्गाको लालपुर्जा हातमा परेपछि खुसीको आँसु झरेको उनले बताए । ‘खुसीका आँसु थाम्नै सकिनँ,’ उनले भने ।
अर्काको जग्गा कमाउँदै आएका मकवानपुरगढी गाउँपालिकाका ६४ वर्षीय अधिकारी मकवानपुरको थाहा नगरपालिकाको टिस्टुङमा जन्मेर अहिलेसम्म सुकुम्वासी थिए । मकवानपुर गढीमा अर्काको घरमा बसेर उनकै जग्गा जमिन कमाएर जीवन बिताउँदै आएका अधिकारी दम्पतीको संयुक्त नाममा जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले त्यही गाउँमा १८ धुर जमिनको जग्गाधनी पुर्जा बुधबर एक समारोहबीच हस्तान्तरण गरेको हो ।
Read full story at source (kendrabindu.com)