भदौ १० गतेको त्यो कालो बिहान ४ बजे, गोरखा पालुङटारका डिलबहादुर र मुरलीदेवी खत्रीले आफ्नै हातले घरको ढोकामा ताल्चा कसे।
barnanmedia.com · Thu Sep 10 00:58:08 GMT 2026

विदेशमा रहेका दुई छोरीहरूको सम्झना र मनभरि गोसाइँकुण्डको आस्था बोकेर उनीहरू तीर्थयात्रामा निस्किएका थिए। सोचेका थिए- "बाबा-आमा भेट्न घर आउँदा यही ताल्चा खोलेर छोरीहरूलाई अँगालो हालौँला।" तर, भैँसेको भीषण बाढीले ती आशा र सपनाहरूलाई एकैछिनमा त्रिशूलीको निसानविहीन भेलमा पखालेर लग्यो।
जब उनीहरू सवार बस बाढीले बगाएको खबर आयो, घरमा लागेको त्यही ताल्चा दाजु नरबहादुरले रुँदै-कराउँदै फोड्नुपर्यो। नदीका किनार-किनारसम्म भौँतारिँदा पनि आमा-बुबाको अनुहारसम्म देख्न नपाएपछि, बेलायतबाट रोइकराई आएकी छोरी रचनाले कुशको प्रतीकात्मक शरीरमा दागबत्ती दिँदा सिङ्गो पालुङटारको छाती फुटेको थियो।
Read full story at source (barnanmedia.com)