नेपालको जलवायु वित्तमा वैदेशिक अनुदान घट्दै, स्वीकृत रकम समेत फिर्ताको जोखिम
baahrakhari.com · Thu Sep 10 01:03:52 GMT 2026

काठमाडौं । नेपालमा जलवायु वित्तमा वैदेशिक अनुदानको हिस्सा घटेको छ । एक दशकको अवधिमा जलवायु वित्तमा नेपाललाई प्राप्त अनुदानको हिस्सा १३ प्रतिशतबाट झरेर नौ प्रतिशतमा पुगेको हो ।
वैदेशिक अनुदान घट्दा आन्तरिक स्रोतको आकार बढाएर भए पनि नेपालले जलवायु क्षेत्रमा हालसम्म ६ खर्ब ९ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । यद्यपि नेपालले ६ खर्ब ८८ अर्ब ३८ करोड रुपैयाँ खर्चिएको राष्ट्रिय योजना आयोगको नेपालको जलवायु सार्वजनिक खर्च तथा संस्थागत समीक्षाले देखाएको छ ।समीक्षा प्रतिवेदनले भनेको छ,''नेपालको जलवायु वित्तको मुख्य स्रोत सरकारको आफ्नै आन्तरिक राजस्व रहेको छ ।''
Read full story at source (baahrakhari.com)