कान्स नेपाल स्टल विवाद अख्तियारमा, कारबाहीका लागि प्रक्रिया अघि बढ्यो
shilapatra.com · Thu Jul 09 11:30:00 GMT 2026

गत जेठमा भएको कान्स फिल्म फेस्टिबलमा नेपालको तर्फबाट भएको कमजोरीबारे अख्तियारले छानबिन अघि बढाएको छ । विश्व प्रतिष्ठित फिल्म महोत्सवमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड मिलेर गरिएको स्टल खरिदमाथि अनियमितता भएको बारे १९ जेठमा हेल्लो सरकारमा उजुरी परेको थियो ।
सोबारे अख्तियारमा समेत २७ जेठमा परेको थियो । उक्त उजुरीमा स्टल खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आशंकासहित छानबिन गर्न भनिएको छ । उजुरीपश्चात् अख्तियारले मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतलाई मन्त्रालयमातहतको चलचित्र विकास बोर्डको उक्त कार्यक्रमबारे डकुमेन्ट माग गरेको थियो । तत्काल मन्त्रालयले बोर्डलाई अख्तियारको चासोबारे जानकारी गराउँदै छानबिन गर्न भनेको मन्त्रालय स्रोतले शिलापत्र लाई जानकारी दिएको छ ।
Read full story at source (shilapatra.com)