मेसीले किने अर्को स्पेनिस क्लब
lokaantar.com
अर्जेन्टिनाका महान फुटबलर लियोनेल मेसीले स्पेनिस दोस्रो डिभिजनको क्लब 'एल्डेन्से'को बहुमत सेयर खरिद गर्न 'प्रारम्भिक सम्झौता' गरेका छन् । यससँगै एल्डेन्से मेसीले लगानी गरेको दोस्रो स्पेनिस क्लब बन्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्, जसले यसअघि गत अप्रिलमा क्याटालान क्लब 'कोर्नेला' खरिद गरेका थिए।
एल्डेन्सेले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'समूह 'टीएच सोलुसियन्स'सँग रहेको सेयरहरू खरिदका लागि लियोनेल मेसीसँग प्रारम्भिक सम्झौता भएको छ, जसले उनलाई क्लबको बहुमत सेयरधनी बनाउनेछ। यो कारोबार हाल कानुनी र सम्झौतासम्बन्धी बाँकी प्रक्रियाहरू पूरा गर्नका साथै स्पेनिश राष्ट्रिय खेलकुद परिषद्को आवश्यक स्वीकृति प्राप्त गर्ने चरणमा रहेको छ।'
Read full story at source (lokaantar.com)