युवराज दुलालको प्रश्न- नागरिकले आत्मदाह गर्ने परिस्थिति बन्दा सरकार कहाँ छ ?
nepalpress.com · Thu Jul 09 11:49:20 GMT 2026

काठमाडौं । नेकपामा प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एक नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? भन्दै प्रश्न गरे।
उनले भने, ‘त्रिपुरेश्वर स्थित नेपाल सरकारको राहदानी विभाग अगाडि एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाहको प्रयास गर्नुभएको छ। सरकार सरकार बनेपछि जनताको घरघरमा राहदानी पुर्याइदिने उद्घोष गरेको सरकारले आज राहदानी दिन ढिलाइ गरेकै कारणले उहाँले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाह गर्नु परेको कुरा प्रारम्भिक रूपमा आएको छ। सरकार कहाँ छ?’
Read full story at source (nepalpress.com)