३६ घन्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो करिब दुई अर्ब
annapurnapost.com · Fri Aug 28 14:28:15 GMT 2026

काठमाडौं : बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब दुई अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार ३६ घण्टामा १.९ अर्बभन्दा बढी रकम संकलन भएको हो।
अर्थ मन्त्रालयका अनुसार शुक्रबारमात्रै ३८ करोड ५५ लाख सहयोग जम्मा भएको थियो। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था एवं व्यक्तिले उक्त रकम सहयोग गरेका थिए। कोषमा सूर्य नेपाल प्रालिले १५ करोड, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५१ लाख, हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख, एग्रो थाईफुड्स प्राइभेट लिमिटेडले एक करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड एक लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रतिनिधिले एक करोड रुपैयाँ कोषका लागि हस्तान्तरण गरे।
Read full story at source (annapurnapost.com)