लगातार सेयर बजार घट्न थालेपछि नेपाल धितोपत्र बोर्डले के भन्यो ?
annapurnapost.com · Thu Jul 09 12:00:17 GMT 2026

काठमाडौं : नेपालको धितोपत्र बजारमा हाल देखा परेका समस्या र लगानीकर्ताको गुनासो प्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजारमा देखिएका समस्याहरूको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि गम्भीर रूपमा गृहकार्य गरी आगामी सातासम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रुपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने बोर्डले जनाएको छ। आज विज्ञप्ति जारी गरेर बोर्डले उक्त जानकारी दिएको हो।
बोर्डबाट अनुमति पत्र प्राप्त धितोपत्र व्यवसायी लगायत सम्बद्ध संस्थाहरूलाई बोर्डबाट मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायत बजार सम्बन्धी विषयहरूका सम्बन्धमा दिइएका निर्देशन अनुरूपका कामकारवाहीहरू तोकिएको समयमा सम्पादन गराउन तथा थप स्वस्थ, सुरक्षित एवम् प्रभावकारी पुँजी बजारको वातावरण बनाउँदै धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, लगायतका अन्य नियमावलीहरू तथा सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानूनी व्यवस्थाहरूमा समसामयिक पुनरावलोकन गर्ने कार्य प्रारम्भ भइसकेको बोर्डले जनाएको छ।
Read full story at source (annapurnapost.com)