‘लिच्छवि सिनेमा फेस्टिभल’ हुने
gorkhapatraonline.com · Thu Sep 10 01:39:00 GMT 2026

। काठमाडौँ महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्रले लिच्छवि सिनेमा फेस्टिभलको आयोजना गर्ने भएको छ । भदौ २५ देखि २९ गतेसम्म पहिलो संस्करण आयोजना हुने महोत्सवमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबिच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ ।
एसिया तथा विश्व सिनेमाका १० वटा फिचर चलचित्र प्रदर्शन गरिने सो महोत्सवमा सन् २०२६ को कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड जुरी प्राइज’ जितेर इतिहास रचेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन दी फग’ प्रस्तुत गरिने छ । नेपालबाट दीपक रौनियारको ‘ह्वाइट सन’ र भुटानका निर्देशक खिन्त्से नोर्बुको चर्चित फिल्म ‘दी कप’ प्रदर्शन गरिने छ ।
Read full story at source (gorkhapatraonline.com)