कच्चा तेलको मूल्य १०० डलर पार
lokaantar.com

अमेरिका र इरानबीचको लडाइँ थप चर्किँदै गएपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।
मध्यपूर्वमा तेल उत्पादन गर्ने स्थल र जहाजहरूमाथि भएका आक्रमणहरूले विश्वव्यापी आपूर्ति शृङ्खला पहिले नै प्रभावित बनेको थियो । नयाँ आक्रमणसँगै थप जोखिम बढेपछि अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुड जुलाई महिनायता पहिलो पटक तीन अङ्कमा उक्लिएको हो । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१.२१ डलरमा पुगेर बन्द भयो । त्यसैगरी, अमेरिकी बेन्चमार्क क्रुड पनि ९६.०५ डलर प्रतिब्यारेलमा पुग्यो ।
Read full story at source (lokaantar.com)