पाकिस्तानमा छात्रवृत्तिमा इन्जिनियरिङ र फार्मेसीमा आवेदन खुल्यो
shilapatra.com · Thu Jul 09 12:12:48 GMT 2026

नेपाली विद्यार्थीहरूका लागि पाकिस्तानमा सरकारी छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्ने अवसर खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०२६–२७ का लागि ‘पाकिस्तान प्राविधिक सहायता कार्यक्रम’ (पीटीएपी) अन्तर्गत आवेदन आह्वान गरेको हो ।
पाकिस्तान सरकारको आर्थिक सहयोगमा उपलब्ध यस छात्रवृत्ति अन्तर्गत ब्याचलर अफ साइन्स (बीएस्सी) इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसी विषय अध्ययन गर्न पाइने छ । पाकिस्तानको छात्रवृत्ति कार्यक्रम अन्तर्गत सिभिल इन्जिनियरिङमा २, कम्प्युटर इन्जिनियरिङमा २, इलेक्ट्रोनिक इन्जिनियरिङमा २ र फार्मेसीमा आठ जनाले अवसर पाउनेछन् ।
Read full story at source (shilapatra.com)