डडेल्धुराका स्थानीय तहमा पौने १२ करोड बेरुजु : आलितालमा सबैभन्दा बढी, गन्यापधुरामा सबैभन्दा कम
annapurnapost.com · Mon May 25 07:18:04 GMT 2026

डडेल्धुरा : महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार डडेल्धुरा जिल्लाका स्थानीय तहहरूमा आर्थिक अनुशासन कमजोर बन्दै गएको देखिएको छ। जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ११ करोड ७८ लाख ८३ हजार रुपैयाँ बेरुजु सार्वजनिक भएको हो।
प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिकाहरूको बेरुजु रकम करिब समान देखिएको छ। जिल्लाको दोस्रो नगरपालिकाका रूपमा रहेको पर्शुराम नगरपालिकामा १ करोड १९ लाख १३ हजार रुपैयाँ बेरुजु औंल्याइएको छ भने पहिलो तथा जेठो नगरपालिका अमरगढीमा १ करोड १६ लाख ४४ हजार रुपैयाँ बेरुजु देखिएको छ।
Read full story at source (annapurnapost.com)