कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो
baahrakhari.com · Thu Sep 10 02:16:39 GMT 2026

काठमाडौं । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । पश्चिम एसियामा बढ्दो सैन्य द्वन्द्व र इन्धन आपूर्तिमा देखिएको अवरोधले कच्चा तेलको मूल्य बुधबार जुलाईयताकै पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ ।
डेनमार्कस्थित साक्सो बैंकका कमोडिटी रणनीति प्रमुख ओले ह्यान्सेनले ब्रेन्ट क्रुडको मूल्य १०० डलर नाघ्नुले मध्यपूर्वको संकटले इन्धन आपूर्तिमा कति लामो समयसम्म असर पार्न सक्छ भन्नेबारे बजारको धारणा परिवर्तन भएको संकेत गर्ने बताए । उनका अनुसार पछिल्लो मूल्य वृद्धिले आपूर्ति अवरोधको अवधि र प्रभावबारे बजारमा बढ्दो चिन्ता देखाएको छ ।
Read full story at source (baahrakhari.com)