टेलिकम बिलिङको ३३ करोड भ्रष्टाचार प्रकरणमा सबैलाई सफाइ, संगीता पहाडी प्रवन्ध निर्देशमै फर्कने
clickmandu.com · Thu Jul 09 12:53:07 GMT 2026

काठमाडौं। नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार ठेक्कामा ३३ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा नेपाल टेलिकमका कर्मचारीसिहत १८ जनालाई नै अदालतले सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीहरु नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले टेलिकमकी बहालवाला प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध गत वर्ष २०८२ जेठ २५ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दाको अन्तिम सुनुवाई गर्दै विशेषले टेलिकमको बिलिङ प्रणाली खरिदमा भएको भनिएको भ्रष्टाचारमा दाबी नपुग्ने ठहर गर्दै सबैलाई सफाइ दिएको छ ।
Read full story at source (clickmandu.com)
