युरोपियन च्याम्पियन्स लिग नापोलीमाथि आर्सनलको जित
kendrabindu.com · Thu Sep 10 02:23:24 GMT 2026
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजनमा इंग्लिस च्याम्पियन आर्सनलले विजयी सुरुवात गरेको छ। आर्सनलले गए राति इटालियन क्लब नापोलीलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।
आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्ड नायक बने । खेलको ७५औँ मिनेटमा ओडेगार्डले पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गरेको शक्तिशाली बल पोस्टमा ठोक्किँदै गोलमा परिणत भएपछि आर्सनलले अग्रता लिएको थियो ।
Read full story at source (kendrabindu.com)