सब्रिना होटेल अब युरोपियन ब्राण्ड ट्राइब नाममा सञ्चालन हुने
nepalpress.com · Mon May 25 07:46:05 GMT 2026

काठमाडौं । साब्रिना होटेल लिमिटेडले काठमाडौँको बुढानीलकण्ठ स्थित गणेश चोकमा निर्माण गरेको होटेल अब ट्राइब काठमाडौं नामबाट सञ्चालन हुने भएको छ । ट्राइब विश्वप्रशिद्ध फ्रान्सेली होटल ग्रुप एकोरको ब्राण्ड हो।
साब्रिना होटेल लिमिटेड र ट्राइब होटेलबीच गत साता भारतको राजधानी नयाँ दिल्लीमा सम्झौता भएको हो। सम्झौता अनुसार सब्रिना होटेलको काठमाडौँको बुढानिलकण्ठमा रहेको होटेल ट्राइब काठमाडौं नामबाट सञ्चालन हुने छ। यो ट्राइब ब्रान्डको दक्षिण एसिया मै पहिलो प्रोजेक्ट हुने छ । यस अघि नै नेपालमा एकोरकै मरक्यूर ब्राण्ड भने सञ्चालनमा छ ।
Read full story at source (nepalpress.com)