असंलग्नताको सान्दर्भिकता
gorkhapatraonline.com · Thu Sep 10 02:33:19 GMT 2026

संयुक्त राष्ट्रसंघको ८१ औं वार्षिक अधिवेशन यस विश्वसंस्थाको मुख्यालय न्यूयोर्कमा मङ्गलबार अपराह्न (स्थानीय समय) आरम्भ भएको छ । यसपालिको अध्यक्षता बंगलादेशका कूटनीतिज्ञ खलिलुर रहमानबाट हुँदैछ । संस्थाका महासचिव एण्टोनियो गुटेर्रस आफ्नो कार्यकालको अन्तिम चार महिनामा छन्, तसर्थ यसै अवधिमा नयाँ नेतृत्वको चयन हुनुपर्नेछ । त्यस जिम्मेवारीमा पहिलो पटक कुनै महिलाको छनोट हुने सम्भावनाको चर्चा बाक्लो भएको बेला छ ।
राष्ट्रप्रमुख र सरकारप्रमुखहरूको भाषणको सत्र सेप्टेम्बरको अन्त्यतिर हुने परम्परा रहेको छ । यसपालि त्यो सत्र असोज ६–१० मा पर्दैछ । सन् १९४५ अक्टोबरमा ५१ सदस्य देश मिलेर स्थापना गरेको संयुक्त राष्ट्रसंघ (संरासं) अहिले १९३ देशको साझा चौतारी भैसकेको छ जसमा साना–ठूला सबैको मताधिकार समान रहने संस्थाको बडापत्र (चार्टर) ले व्यवस्था गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)