बाढी र पहिरोका कारण आज पनि प्रभावित बने प्रमुख राजमार्ग
nepalnews.com · Thu Sep 10 02:36:44 GMT 2026

काठमाडौँ। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकका विभिन्न राजमार्ग तथा सडक खण्डहरू आज पनि अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक सञ्जाल प्रभावित बनेका हुन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ विस्पानीमा पहिरो खस्दा काठमाडौँ-धादिङ सडक खण्डमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा गएको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यस्तै, धादिङकै थाक्रे गाउँपालिका-९ को सोयाङखोलामा पहिरो जाँदा त्रिभुवन राजपथ पनि बन्द छ। सोही गाउँपालिकाको ज्वाङखोला क्षेत्रमा भने सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
Read full story at source (nepalnews.com)