भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ
shilapatra.com · Sat Jun 27 01:10:00 GMT 2026

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीकाे मृत्यु भएकाे प्रहरी जनाएकाे छ ।
शुक्रबार साँझ करिब ७:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुरमा बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीमाथि उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
Read full story at source (shilapatra.com)