तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
makalukhabar.com · Thu Sep 10 02:42:43 GMT 2026

दमौली । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो । उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो ।
कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढाइएको बताए । लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको उनले उल्लेख गरे । सो आवमा १ दशमलव ६७ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ ।
Read full story at source (makalukhabar.com)