३ वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश
annapurnapost.com · Thu Sep 10 02:49:29 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बुधबार बाल सुधार गृह पठाउने आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले अर्को आदेश नहुँदासम्मका लागि दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको हो।
बालिका हत्या प्रकरणमा १२ जना पक्राउ परेपनि नाबालकको हकमा २१ दिनभित्र अदालतमा पेश गर्नुपर्ने कानूनी प्रावधानका कारण जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई अदालतमा पेश गरेको हो। प्रहरीले उनीहरूमाथि अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको छ।
Read full story at source (annapurnapost.com)