प्रोटोनद्वारा नेपाललाई २ लाख रिंगेटका ड्रोन सहयोग
annapurnapost.com · Thu Sep 10 02:47:00 GMT 2026

काठमाडौं : मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख रिंगेट (७४ लाख ८० हजार रुपैयाँ) बराबरको ड्रोन सहयोग गरेको छ । हालै रसुवास्थित भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो ।
विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन उपलब्ध गराइएको प्रोटोनले जनाएको छ । विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ ।
Read full story at source (annapurnapost.com)