एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?
nepallive.com · Thu Sep 10 03:01:23 GMT 2026

काठमाडौं– एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ। क्यालिफोर्नियामा बुधबार आयोजित कम्पनीको उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्डेबल आईफोन सार्वजनिक गरिएको हो।
एप्पलका अनुसार फोन खोल्दा ७.६ इन्चको इनर डिस्प्ले रहने भएकाले यो हालसम्मकै सबैभन्दा पातलो आईफोन बनेको छ। इनर स्क्रिनमा नानो–टेक्स्चर फिनिस प्रयोग गरिएकाले प्रकाशको परावर्तन कम हुने र भिडियो हेर्ने, गेम खेल्ने तथा मल्टिटास्किङका लागि ठूलो स्क्रिनको अनुभव मिल्ने कम्पनीको दाबी छ।
Read full story at source (nepallive.com)