बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने
kendrabindu.com · Thu Jul 09 13:35:15 GMT 2026

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने भएको छ।
२०८३ असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा हुने यो सम्मेलन “इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो” भन्ने नाराका साथ “इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन बीएमसीटीएच” नामबाट आयोजना हुने भएको हो । हस्पिटलकै न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजना हुने यस सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स र रेडियोआइसोटोप थेरापी लगायतका विषयमा नेपाल, बंगलादेश र भारतका चिकित्सकहरू एकै मञ्चमा जुट्नेछन्।
Read full story at source (kendrabindu.com)