भुटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीलाई गरिएको सम्मान -पूर्वराजा [भिडियो]
hamrakura.com · Sun Oct 13 00:00:00 UTC 2024
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भूटान भ्रमणमा आफूलाई गरेको सम्मानलाई सबै नेपालीहरूलाई गरेको सम्मानका रूपमा ग्रहण गरेको बताएका छन्। निर्मल निवासमा शनिबार सर्वसाधारणलाई विजया दशमीको टिका लगाउने क्रममा पूर्वराजा शाहले केही दिनअघि मात्रै आफू भूटान गएको र भूटान भ्रमण निजी भ्रमण रहेको बताए ।
भूटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको बताए । पूर्वराजा शाहले भुटानको राजपरिवार र भुटानी जनताले आफूलाई दर्साएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरू र नेपाललाई गरेको सम्मानका रूपमा लिएको बताए । उहाँले नेपाललाई गरेको स्वागतका लागि भुटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरे ।
Read full story at source (hamrakura.com)