सेती खोँचबाट निकालियो भारतीय युवकको शव
himalpress.com · Mon May 25 08:30:49 GMT 2026
लेखनाथ- कास्कीको पोखरा महानगरको करिबबीच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुःखद घटना भएको छ। वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम फाली बेपत्ता ३४ वर्षीय मुकेश महतोको शव सोमबार बिहान निकालिएको हो।
भारतको सीतामढी स्थायी घर भई हाल पोखरा–१७, घारीपाटन बस्ने महतो सोमबार राति पौने १० बजे बाँसघारी भन्ने ठाउँबाट सेतीमा हाम फालेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सोमबार राति हाम फालेका भारतीयको शव मङ्गलबार बिहान निकालिएको जानकारी दिए।
Read full story at source (himalpress.com)