उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित
khabarhub.com · Fri Aug 28 14:42:50 GMT 2026

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट भएको जनधनको क्षतिले सिर्जना गरेको संवेदनशील एवं शोकपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै मूल समारोह स्थगित गर्ने निर्णय गरिएको जनाएको हो ।
“बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य” भन्ने मूल नाराका साथ यस वर्ष पुस्तकालय दिवस मनाउने तयारी गरिएको थियो । मन्त्रालयका सचिवको अध्यक्षतामा गठित उन्नाइसौँ पुस्तकालय दिवस मूल समारोह समितिले दिवसलाई देशव्यापी रूपमा मनाउन विभिन्न कार्यक्रमको तयारी अघि बढाएको थियो ।
Read full story at source (khabarhub.com)