आँगनमै चापाकल, पानी छैन : २०० परिवार एउटै सबमर्सिबल पम्पको भरमा
onlinekhabar.com · Thu Sep 10 03:06:15 GMT 2026

२५ भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाकी ४५ वर्षीया चन्दरदेवी मुखियाको घरको आँगनमै चापाकल छ। तर, केही वर्षदेखि उक्त चापाकलबाट पानी आएको छैन । आफ्नै चापाकलले पानी दिन छाडेपछि उनीसहित स्थानीयवासी छिमेकी मोहन झाको घरमा जडान गरिएको ‘सबमर्सिबल पम्प’को भरमा पानीको जोहो गर्दै आएका छन्।
बेतौना–हरिपुरका करिब २०० घरपरिवारको अवस्था उस्तै छ। अधिकांशको आँगनमा चापाकल भए पनि पानी तान्न छाडेपछि अहिले गाउँभरिका मानिस एउटै बोरिङमा निर्भर हुनुपरेको छ। बिहान र बेलुका पानी भर्न स्थानीयको लामो लाइन लाग्ने गरेको छ। दुई बाल्टिन पानीका लागि समेत घण्टौँ कुर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
Read full story at source (onlinekhabar.com)