राजनीतिक आस्था अपराध होइन
nepalpress.com · Thu Sep 10 03:14:31 GMT 2026

मानिस विचारबाट निर्देशित हुन्छ । उसले आफ्नो विश्वास, मूल्य र दृष्टिकोणका आधारमा राजनीति रोज्छ । कोही कम्युनिस्ट हुन्छन् । कोही काङ्ग्रेस । कोही उदारवादी । कोही राष्ट्रवादी । कोही दक्षिणपन्थी त कोही उग्रपन्थी । समाजको वर्गीय, सामाजिक र सांस्कृतिक संरचनाभित्र मानिसहरू विभिन्न राजनीतिक विचारधारातर्फ आकर्षित हुनु स्वाभाविक प्रक्रिया हो ।
त्यसैले राजनीति गर्नु, राजनीतिक दलमा आबद्ध हुनु र आफ्नो विचारका पक्षमा जनमत माग्नु आफैँमा अपराध होइन ।लोकतन्त्रको सुन्दरता नै यही हो । मानिसले आफ्नो विचार राख्न पाउँछ, सङ्गठन बनाउन पाउँछ, राजनीतिक दल रोज्न पाउँछ र आफ्नो विचारलाई जनतामाझ लैजान पाउँछ ।
Read full story at source (nepalpress.com)