बगेर आएका शवहरूको व्यवस्थापनका लागि चितवनमा तयारी पूरा, ७३ शव फेला
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवहरूको खोजी, पहिचान तथा व्यवस्थापनका लागि चितवनमा आवश्यक सबै तयारी पूरा गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको आकस्मिक बैठकले शव सुरक्षित राख्ने, खोजतलास गर्ने, पहिचान गर्ने तथा सम्बन्धित परिवारलाई बुझाउनेलगायतका विषयमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालहरूमा पर्याप्त स्थान नभएको कारण भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग परिसरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गरिने जानकारी दिएका छन्। भोटेकोशी नदीमा आएको बाढीका कारण बगेर आएका शवहरू चितवनमा आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ। हालसम्म यस क्षेत्रमा ७३ वटा शव फेला परिसकेको प्रजिअ अर्यालले बताए। उनले मृतकका विभत्स दृश्य समेटिएका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर समाजलाई आतङ्कित पार्ने काम नगर्न समेत सबैमा विशेष आग्रह गरेका छन्।
Read full story at source (hamrakura.com)