रसुवाका जोखिमपूर्ण क्षेत्रबाट ११ भारतीयसहित ९९ जनाको सकुशल उद्धार
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं । रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ। जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे, स्याफ्रुबेँसी, धुञ्चे तथा उत्तरगया गाउँपालिकालगायतका स्थानहरूबाट उनीहरूलाई सुरक्षित स्थानमा निकालिएको हो।
उद्धार गरिएका कुल ९९ जनामध्ये ८८ जना नेपाली र ११ जना भारतीय नागरिक रहेका छन्। सीमा क्षेत्र टिमुरेमा रोकिएका भारतीय नागरिकहरूमा थिरुमा भालन, बलानी यापन, रत्न कुमार, रणनागा सवाई, रधु नार्दन, सिमारन्जन, नभुकविर दोष, मारन गोविन्दा स्पनु, सत्याई धखम, विजय बखु र पन्गा सावई रहेका छन्।
Read full story at source (hamrakura.com)