उत्कृष्ट प्रदर्शनको लक्ष्यमा नेपाली यू–१९ महिला टोली
baahrakhari.com · Thu Jul 09 13:51:13 GMT 2026
काठमाडौं । नेपाली टोली उत्कृष्ट प्रदर्शनको लक्ष्यका साथ एसीसी महिला यू–१९ प्रिमियर कपका लागि मलेसिया जाँदै छ । बिहीबार प्रतियोगितामा सहभागी हुने टोलीको बिदाइ कार्यक्रममा नेपालका प्रशिक्षक र कप्तानले यो प्रतियोगिता महत्त्वपूर्ण रहेको भन्दै उत्कृष्ट प्रदर्शनको प्रयास रहने प्रतिक्रिया दिए ।
प्रशिक्षक महेशप्रसाद रिजालले टोलीको लक्ष्य नेपाली महिला क्रिकेटलाई थप मजबुद बनाउनु रहेको बताए । “छोटो समयमा पनि राम्रो तयारी भएको छ । अनुभवी र युवा खेलाडीलाई समेटेर सन्तुलित टोली तयार पारेका छौँ । उत्कृष्ट प्रदर्शनको प्रयास हुनेछ । हामीसामु नेपाली यू–१९ टोलीको लेगेसीलाई अगाडि बढाउने चुनैती छ । टोलीको लक्ष्य नेपाली महिला क्रिकेटलाई थप मजबुद बनाउनु नै हो,” प्रशिक्षक रिजालले भने, “यो प्रतियोगिता हाम्रा लागि निकै महत्त्वपूर्ण छ । राम्रो नतिजाका साथ घर फर्किने छौँ ।”
Read full story at source (baahrakhari.com)