पाकिस्तानविरुद्धको टेस्टमा इंग्ल्यान्ड पहिलो दिनमै बलियो
kendrabindu.com · Thu Sep 10 03:25:44 GMT 2026
काठमाडौं । इंग्ल्यान्ड पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन नै बुधबार बलियो स्थितिमा पुगेको छ । यसअघिका दुई टेस्ट जितेको इंग्ल्यान्डले अब पाहुना टिममाथि ह्वाइट वासको कल्पना गर्न सक्नेछ ।
पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै चार विकेटमा १ सय ५६ रन बनाएको छ र यो २३ रनको अग्रता हो । त्यसमा ह्यारी ब्रुक्स ५२ रन बनाएर नटआउट छन् ।
Read full story at source (kendrabindu.com)