कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौं सडकमा सवारीको चाप
baahrakhari.com · Thu Sep 10 03:25:42 GMT 2026

काठमाडौं । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौँडा–काठमाडौं सडकमा सवारीको चाप परेको छ । मुख्य बाटोबाट आवागमन हुन नसकेपछि काठमाडौं आउने तथा यहाँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौँडा–काठमाडौं सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको छ ।
चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि सानाठूला गाडीलाई काठमाडौं–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रुट तोकेको छ । १० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौंतर्फ आउन त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ ।
Read full story at source (baahrakhari.com)