सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन
Ujyaaloonline.com · Sun Oct 13 05:03:57 UTC 2024

काठमाण्डौ – अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ को ५० किलोमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार सडक मर्मतपछि एकतर्फी खुलेको हो ।
सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकोमा पालिका र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाइएको उहाँले बताउनुभयो । सडक खुलेसँगै हिजो बेलुकादेखि रोकिएको गाडी गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।
Read full story at source (Ujyaaloonline.com)