स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौँमा व्यवस्थापन
ratopati.com · Thu Sep 10 03:32:27 GMT 2026

काठमाडौँ । विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएका रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई काठमाडौँको डल्लु, बिजेश्वरीस्थित गीता माता माध्यमिक विद्यालयमा तत्कालका लागि व्यवस्थापन गरिएको छ ।
कक्षा १ देखि १० सम्म भर्ना भएका विद्यार्थीमध्ये २१ जना छात्र र ३७ जना छात्रा छन् । उनीहरूको शिक्षालाई निरन्तरता दिन र तत्काल पुनर्स्थापनामा सघाउन विभिन्न निकायको सहकार्यमा यो पहल गरिएको हो ।
Read full story at source (ratopati.com)