सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश भएन् : प्रभु साह
rajdhanidaily.com · Sun Oct 13 06:56:00 UTC 2024

रौतहट । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका छन् । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुरमा शनिबार आजपाद्वारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले सांसदहरु जनता प्रति उत्तरदायी नभएको बताए ।
‘सांसदहरु दलको कारिन्दा भएका छन् । जनताबाट निर्वाचित भए पनि उनीहरु जनता प्रति उत्तरदायी भएन् । उनीहरु दलप्रति उत्तरदायी भए । जनताको आवश्यक्ता, चाहना के हो बुझेनन सांसदहरु’ आजपा अध्यक्ष एवं सांसद समेत रहेका साहले भने, ‘मुलुक र जनताको आवश्यक्ता के हो सांसदहरुले बुझने काम गरेरन वा बुझेर पनि बुझ पचाए जस्तो गरे, त्यसैले देशको विकास भएन् ।’
Read full story at source (rajdhanidaily.com)