२३ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
nepallive.com · Thu Sep 10 03:42:22 GMT 2026

काठमाडौं– देशका २३ जिल्ला तथा आसपासका क्षेत्रमा स–साना नदीको बहाव बिहीबार उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लामा स–साना नदीको बहाव बढ्ने सम्भावना छ।
Read full story at source (nepallive.com)