ई-जीपी प्रणाली सुरक्षित रूपमा तत्काल पुनः सञ्चालन गर्न निर्माण व्यवसायी महासंघको माग
ratopati.com · Thu Sep 10 03:50:11 GMT 2026

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को ई-जीपी (e-GP) प्रणालीमा देखिएको सुरक्षा समस्याको तत्काल प्राविधिक समाधान खोजेर सुरक्षित र विश्वसनीय रूपमा पुनः सञ्चालनमा ल्याउन माग गरेको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ बमोजिम सञ्चालनमा रहेको यो प्रणाली लामो समयसम्म अवरुद्ध हुँदा सार्वजनिक खरिद प्रक्रिया र विकास निर्माणको गति प्रभावित भएको महासंघले जनाएको छ। प्रणाली बन्द हुँदा निर्माण व्यवसायीहरू प्रत्यक्ष रूपमा मारमा परेको भन्दै महासंघले तत्काल समस्या समाधान गर्न पीपीएमओ (PPMO) को ध्यानाकर्षण गराएको हो।
Read full story at source (ratopati.com)