महोत्तरीको जलेश्वरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु
gorkhapatraonline.com · Mon May 25 09:19:34 GMT 2026

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुजी टोल बस्ने ७५ वर्षीय चन्देश्वर साह रहनुभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार जलेश्वरबाट मतिहानीतर्फ गइरहेको ना ४ ख ४७५८ नम्बरको बसले जलेश्वर नगरपालिका–२ स्थित मतिहानी चोकमा सोमबार बिहान पैदलयात्री साहलाई ठक्कर दिएको थियो।
Read full story at source (gorkhapatraonline.com)