वैज्ञानिक अनुसन्धान प्रतिवेदन : भूकम्पले होइन, विशाल पहिरो खस्दा ल्हेन्दे खोलामा बाढी आयो
onlinekhabar.com · Thu Sep 10 03:52:27 GMT 2026

२५ भदौ, काठमाडौं । नेपाल र तिब्बतको सीमावर्ती ल्हेन्दे खोला क्षेत्रमा हालै गएको भीषण बाढी र लेदो बहावले नेपालमा ठूलो धनजनको क्षति पुर्याएको छ। यस विनाशकारी घटनामा परी १३०० बढीको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन्। यसका साथै तटीय क्षेत्रका प्रमुख सहरहरू र जलविद्युत् आयोजनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
घटनाको सुरुआती समयमा अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) लगायतका निकायहरूले ४.४ म्याग्निच्युडको भूकम्पका कारण चट्टान र बरफ खसेर बाढी आएको अनुमान गरेका थिए। साथै कुनै हिमताल वा बाँध फुट्दा यो घटना भएको हुन सक्ने आकलन पनि गरिएको थियो। तर, फ्रान्सको ग्रेनोबल अल्पेस विश्वविद्यालयकी भू-आकृतिविद् डा. क्रिस्टिन कुक र कोलम्बिया विश्वविद्यालयका भूकम्पविद् गो्रान एकस्ट्रोम सहितका अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले पाइएका भूकम्पीय तथ्याङ्क (साइस्मिक डेटा) विश्लेषण गर्दा प्रारम्भिक अनुमान गलत साबित भएको छ।
Read full story at source (onlinekhabar.com)