जेलेन्स्की सवार विमान ड्रोन आक्रमण, कस्ले गर्यो आक्रमण?
kendrabindu.com · Thu Sep 10 03:59:26 GMT 2026

काठमाडौं । जेलेन्स्की सवार विमान ड्रोन आक्रमणबाट थोरैले जोगिएको नर्वेका प्रधानमन्त्रीले बताएका छन् । नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान मोल्डोभाबाट नर्वेको ओस्लोका लागि उडान भर्ने क्रममा ड्रोन आक्रमणबाट थोरैले मात्र जोगिएको दाबी गरेका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की नर्वेका दिवंगत राजा ह्याराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन मोल्डोभा हुँदै ओस्लो जाँदै थिए । नर्वेजियन सार्वजनिक प्रसारक एनआरकेसँग प्रधानमन्त्री स्टोरले मोल्डोभाबाट उडान भर्ने क्रममा जेलेन्स्की सवार विमान ड्रोनको निशानामा पर्नै लागेको स्मरण गरे । उनले जेलेन्स्कीले यस्तै वास्तविक जोखिमबीच काम गरिरहेको बताए ।
Read full story at source (kendrabindu.com)