बुलेट जान नसकेपछि ५३ हजार बढी एलपी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण ग्यासका बुलेट काठमाडौँ जान नसकेपछि विभिन्न जिल्लाका उद्योगहरूबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर राजधानी पठाइएको छ। सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवनसहित विभिन्न जिल्लामा रहेका उद्योगमार्फत सिलिन्डर रिफिल गरेर बुधवार पठाइएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीका अनुसार नेपाल ग्यास उद्योग नारायणीबाट चार हजार ५४३ र गण्डकी चितवनबाट सात हजार ३४८ सिलिन्डर विभिन्न कम्पनीका भरेर पठाइएको छ। यसैगरी साइबाबा ग्यास उद्योग चितवनबाट पाँच हजार ३३७, बाबा ग्यास उद्योग चितवनबाट आठ हजार ७१६ र मकवानपुरको सहारा ग्यास उद्योगबाट सात हजार ८७७ सिलिन्डर पठाcur गरिएको छ।
Read full story at source (hamrakura.com)