माथिल्लो त्रिशूली ३ बीका प्रोजेक्ट म्यानेजर घिमिरेसहित २१३ जना अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी
clickmandu.com · Fri Aug 28 14:46:20 GMT 2026

काठमाडौं । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५, सिरुपानीमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनामा भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। गत भदौ १० गते तिब्बतबाट भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आयोजनाको कार्यालय र निर्माणस्थल पूर्ण रूपमा बगरमा परिणत भएको छ।
बाढीका कारण आयोजनामा कार्यरत विभिन्न कम्पनीका कुल २१३ जना कर्मचारी र कामदारहरू सम्पर्कबाहिर रहेका थिए। प्रारम्भिक विवरण अनुसार २१३ जना सम्पर्कबाहिर छन् । जसअनुसार आयोजनाका कर्मचारी र परिवार गरी २८ जना, सिभिल कार्य निर्माण व्यवसायी (फेवा कन्स्ट्रक्सन) का १६३ जना, इलेक्ट्रोमेकानिकल काम गर्ने एचएनएसी जियांगे जेभीका ४ चिनियाँ र २ नेपाली गरी ६ जना, परामर्शदाता (चिलिमे इन्जिनियरिङ) का १२ जना, सुरक्षाकर्मी १ जना र इन्टर्नसिपमा आएका विद्यार्थी ३ जना रहेका छन् ।
Read full story at source (clickmandu.com)