बाढी प्रभावित क्षेत्रमा एनसेलले थप सात दिन निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा दिने
techpana.com · Fri Aug 28 14:46:52 GMT 2026

काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरू निःशुल्क उपलब्ध हुनेछन् ।
यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अन नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोहीअनुसार सेवा दिँदै आएको थियो । तीन दिने अवधि आज समाप्त हुँदैछ ।
Read full story at source (techpana.com)