सिधा कुरालाई प्रमाणसहित वयानका लागि उपस्थित हुन सर्वोच्चकाे आदेश
nayapatrikadaily.com · Mon Apr 29 14:08:00 UTC 2024

सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे अदालतमा वयानका लागि उपस्थिति हुन आदेश गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज सिधाकुरा डटकम नामक अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालाई अदालतको अवहेलना मुद्दामा सबुदसहित इजलासमा बयानका लागि उपस्थित हुने भनेको हो।
Read full story at source (nayapatrikadaily.com)